झापामा घरको छतबाट लडेर  ४० वर्षीय भुजेलको मृत्यु

मंगलबार, ०४ कार्तिक २०८२

विर्तामोड। झापाको मेचिनगर नगरपालिका–१४ धुवागढीका ४० वर्षीय विरबहादुर भुजेलको घरको छतबाट लडी घाइते भई उपचारका क्रममा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय धुवागढीका अनुसार भुजेल कात्तिक १ गते बुधबार दिउँसो करिब ४ बजे आफ्नै एकतले घरको छतबाट आकस्मिक रूपमा लडेका थिए। सो क्रममा गम्भीर रूपमा घाइते भएका उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो।

तर उपचारका क्रममा कात्तिक ३ गते साँझ करिब ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। प्रहरीका अनुसार आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार