डिजिटल पेन्टस् र स्किल सेवा इस्ट्रन नेपालबीचको सहकार्यमा एकदिने प्राविधिक वर्कसप सम्पन्न

शनिबार, ०५ पुस २०८२

इटहरी ।  डिजिटल पेन्टस् र स्किल सेवा इस्ट्रन नेपालबीचको सहकार्यमा एकदिने प्राविधिक वर्कसप सम्पन्न भएको छ। होटेल त्रियुगा इटहरीमा सम्पन्न भएको वर्कसपमा डिजिटल पेन्टस्‌का सेल्स तथा विजनेस डिपार्टमेन्टका कर्मचारीहरूलाई घर निर्माणका क्रममा तथा निर्माण सम्पन्न भइसकेका भवनहरूमा देखिन सक्ने विभिन्न समस्याबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सिपेज, लिकेज, ओसिलोपन, नुनिया जस्ता समस्या किन र कसरी उत्पन्न हुन्छन् भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, यस्ता समस्याहरूको पहिचान गर्ने तरिका र दीर्घकालीन समाधानका उपायबारे स्किल सेवा इस्ट्रन नेपालका इन्जिनियरहरूले प्रस्तुति दिएका थिए।

वर्कसपमा भवनमा रङ्ग लगाउनुअघि गर्नुपर्ने पूर्वतयारीका विषयमा पनि जानकारी दिइएको थियो। सतहको अवस्था परीक्षण, आवश्यक मर्मत, प्राइमरको प्रयोग र सही प्रविधि अपनाउँदा रङ्गको गुणस्तर तथा टिकाउपन कसरी बढाउन सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइयो।

WhatsApp Image 2025-12-20 at 1.09.12 PM (1)

कार्यक्रममा स्किल सेवा इस्ट्रन नेपालका इन्जिनियर विजय कार्की, सुगन्ध मिश्र, इमान पुन मगर, सुमन अधिकारी लगायतको उपस्थिति रहेको थियो। वर्कसपले कर्मचारीहरूको प्राविधिक ज्ञान अभिवृद्धि गर्न र ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार