एचएस साइना क्रिएसन प्रालिको आयोजनामा माघ पहिलो साता कोशी प्रदेश स्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ आयोजना हुने भएको छ। विवाहित महिलाको अन्तरनिहित क्षमता उजागर गर्ने उद्देश्यले पहिलो पटक प्रदेशस्तरमै प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका विवाहित महिलाले सहभागिता जनाउन पाउनेछन्। पहिलो अडिसन पुस ७ गते झापाको सुरुङ्गामा हुने छ भने झापाका बिर्तामोड र दमक, सुनसरीको इटहरी र धरान तथा इलामका विभिन्न स्थानमा अडिसन सञ्चालन गरिनेछ। अडिसनबाट ५० जना छनोट हुनेछन्।
छनोट भएका सहभागीलाई २५ दिनसम्म नेतृत्व विकास, मोडलिङ, उद्घोषण कला र सचेतनामूलक तालिम दिइनेछ। प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रियस्तरका कलाकार रहने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको विजेताले स्कुटी, नगद पुरस्कार, म्युजिक भिडियोमा अभिनयको अवसर, थाइल्याण्ड भ्रमण, पाँच लाखको जीवन बीमा, क्राउन र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतिक्रिया