झापामा जेनजी आन्दोलनका क्रममा हिरासत कक्षबाट फरार थुनुवा नियन्त्रणमा

शनिबार, ०५ पुस २०८२

झापा: झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट फरार भएका लागूऔषध मुद्दाका एक थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८२ साल भदौ २४ गते Gen-Z आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट प्रहरी अनुसन्धानकै क्रममा फरार भएका कमल गाउँपालिका–५ निवासी २६ वर्षीय संजीव लिम्बूलाई मिति २०८२ साल पुस ५ गते बिहान करिब ९ः३० बजे सोही स्थानबाट पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई पुनः कार्यालयमा ल्याएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार