राष्ट्रपतिले संवादको ढोका खोल्नुभयो, अब दल र जेन-जी बसौं : प्रधानमन्त्री

मंगलबार, ०४ कार्तिक २०८२

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् ।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलहरूसँग भएको संवादमा उनले भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको पुनः दोहोर्‍याएकी हुन् ।

उनले यसका लागि मन्त्रीहरू, सुरक्षा निकायलगायत सम्पूर्ण पक्ष अहोरात्र खटिएको बताउँदै भनिन्, “यसबिचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाज सुन्ने काममा समय लाग्यो ।

सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्न रुचाएका थिएनन् । तर राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिएको छ । अब जेनजी र दलहरू बसौँ ।”

प्रधानमन्त्री कार्कीले स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान सबै दललाई आग्रह गरिन् । उनले चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने बताउँदै, दलहरूले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारिन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार