नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा, अध्यक्षमाथि कमिसन मागेको आरोप

बुधबार, २४ बैशाख २०८२

काठमाडौं : नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आईपीओ निष्कासनको स्वीकृतिसँग जोडिएको भ्रष्टाचारको आशंकामा छापा मारिएको हो।

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आईपीओ स्वीकृतिका लागि कमिसन मागेको भन्ने आरोपपछि अख्तियारको टोलीले छानबिन थालेको हो। सोही सिलसिलामा अख्तियारले सोमबार बोर्ड कार्यालय पुगेर कागजातहरू जफत गरेको छ।

आयोगले विभिन्न कम्पनीहरूले आईपीओ निष्कासनका लागि बुझाएका फाइल तथा सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार