काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौंलाले सरकार गठनमा दुई ठूला दलबीच गहिरो सहमति रहेको बताए ।
उनले भने,‘अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीचको मजबुत समझदारीका आधारमा बनेको हो । कोही छोड्ने, कोही आउने भन्ने त स्वाभाविक राजनीतिक प्रक्रिया नै हो ।’
उनले सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीचको सहकार्य निर्णायक भएको बताए । बर्तौंलाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य प्रक्रियाको रुपमा लिँदै सरकार स्थिर रहने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया