काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणपत्र बाट पुनः प्रमाणित भएको छ। बैंकले गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गत आइएसओ 9001:2015 मापदण्ड पूरा गरी पुनः प्रमाणिकरण प्राप्त गरेको हो।
बैंकले सन् २०२४ अगस्ट १६ (वि.सं. २०८१ साउन ३२) देखि लागू हुने गरी प्रमाणपत्र प्राप्त गरेको थियो। त्यसपछि २०८२ साल भाद्र महिनामा सम्पन्न पहिलो सर्भिलियन्स अडिटमा पनि बैंकले आवश्यक मापदण्ड पूरा गरी पुनः प्रमाणिकरण कायम राख्न सफल भएको हो।
यस प्रणाली अन्तर्गत बैंकले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेको, उत्कृष्ट सेवा प्रदान गर्ने क्षमता देखाएको, ग्राहक सन्तुष्टि सुनिश्चित गर्न निरन्तर सुधारका प्रयास जारी राखेको र पारदर्शी कार्यप्रणाली अपनाएको बताइएको छ।
बैंकले “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै विगत ३१ वर्षदेखि देशभरका ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।
गुणस्तरमाथि निरन्तर ध्यान केन्द्रित गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा सुधार गर्ने महालक्ष्मी विकास बैंक विकास बैंकहरुमध्ये अग्रणी संस्थाको रूपमा स्थापित भएको छ।
प्रतिक्रिया