त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

सोमबार, २३ असार २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुुख प्रा.डा. दीपक अर्याल रहेका छन् । 

प्रा.डा.केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुुलपतिको जिम्मेवारी दिएका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार