इटहरी : शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामूहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरूको शव परीक्षण गर्न लगेको हो ।
भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूको हत्या गरेपछि अभियुक्तले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । उनी पनि पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए । जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको छ ।
यो पनि
प्रतिक्रिया