नेप्सेमा २२.३५ अंकको गिरावट, ८ अर्ब ३७ करोडको कारोबार

सोमबार, २३ असार २०८२

काठमाडौं :  साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.३५  अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

आज माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२८ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सर्वाधिक गुमाउनेमा राप्ति हाइड्रो एन्ड जनरल कन्ट्रक्सनका लगानीकर्ता रहेका छन् ।  यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन नेपाल रिईन्स्योरिङको सर्वाधिक ८० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँ र तेस्रोमा एनआरएन इन्फ्रास्टक्चरको २४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार