देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा

सोमबार, २३ असार २०८२

काठमाडौं : उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारको छ । 

उपचारमा लापरबाही गर्ने डाक्टर र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि सङ्घले चरणबद्ध आन्दोलन थालेको हो ।

देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अघिल्लो हप्तादेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएकोमा सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । सङ्घले चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ । डाक्टरहरूको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । 

नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरूले आन्दोलन सुरु गरेका हुन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार