पदाधिकारी बैठकमा देउवाको ब्रिफिङः गभर्नर नियुक्तिको विषय चाँडै टुङ्गिन्छ

शुक्रबार, २६ बैशाख २०८२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व प्रदाधिकारीहरुको बैठकमा सरकारले भगर्नर नियुक्तिमा ढिलाइ गरेको भन्दै प्रश्न उठेको छ ।

आज बसेको बैठकमा प्रश्न उठेपछि पार्टी सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिको विषय सहमतिमै चाँडै टुङ्गिने बताएका थिए । गभर्नरमा व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनसक्ने व्यक्ति आउने पनि देउवाले विश्वास दिलाएको बताइएको छ ।

‘राष्ट्र बैंकको विषय पनि यो निकै ढिलो भएको छ भन्ने कुरा चासो त्यहाँ प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले चाँडै टुङ्गिन्छ र व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सक्ने गरी चाँडो निर्णय हुन्छ र सहमतिबाटै निर्णय हुन्छ भन्ने कुरा पनि उहाँले राख्नु भएको छ,’– बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ।

साथै, बैठकमा शिक्षा विधेयक, टीआरसी आयोगहरुको पदाधिकारी नियुक्ति, जम्मू कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलालागयतको विषयमा छलफल भएको पनि नेता महतले बताए । कांग्रेसले आफूहरु आतङ्कवादी गतिविधिको विपक्षमा हरेको पनि बताएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार