सुनसरीबाट प्रहरीको परिचयपत्र र ह्यान्डसेटसहित एक व्यक्ति पक्राउ

विहीबार, २५ बैशाख २०८२

इटहरी : सुनसरीको कोशी गाउँपालिका–१, भन्सार रोडस्थित सडकखण्डमा प्रहरीको परिचयपत्र र ह्यान्डसेटसहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–८, कन्समडानका ३५ वर्षीय जाबिर हुसेन मियाँ रहेका छन्।

बिहीबार दिउँसो १२ः३० बजेतिर भारततर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प १५४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेर रोकेको थियो।

प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा फिदा हुसेन नाम लेखिएको नेपाल प्रहरीको परिचयपत्र एक थान, मोहम्मद सहमद मियाँ नाम लेखिएको मतदाता परिचयपत्र एक थान र बाओफेंग ब्रान्डको सुरक्षा निकायले प्रयोग गर्ने ह्यान्डसेट जस्तो देखिने उपकरण एक थान फेला परेको जनाएको छ।

सो ह्यान्डसेटको प्रयोग र व्यक्तिको गतिविधिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मियाँलाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार