काठमाडौँ ।नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ, ८२ जनामा संक्रमण पुष्टि भएको छ।
स्वाथ्य मन्त्रालयका अनुसार १ हजार ६३४ जनाको नमुनामध्ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन्।
बुधबार ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन्। संक्रमण बढ्न थालेपछि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन स्वाथ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ।
Discussion about this post