काठमाडौं । केन्यामा एक धार्मिक गुरुको उक्साहटमा भोकभोकै बसी ज्यान गुमाउने संख्या एक सय नाघेको छ ।
केन्या रेडक्रसका अनुसार मर्नेहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । करिब तीन सय केन्यालीहरु उक्त क्षेत्रमा अझै हराइरहेको भनिएको छ ।
भोकै बसेर ज्यान गुमाउनेहरु सबै गुड न्यूज चर्चका सदस्य भएको खुल्नमा आएको छ । ती धार्मिक गुरु प्याट्रिक म्याकेन्जीले आफ्ना अनुयायीहरुलाई भोकै बसी मरे मात्र भगवानलाई भेट्न सकिने भनी उक्साएका थिए ।
केन्याका राष्ट्रपति रुटोले म्याकेन्जीलाई एक अपराधी र आतंकवादीको संज्ञा दिएका छन् । यस घटनाले सम्पूर्ण केन्यालीहरुलाई स्तब्ध बनाएको छ भने त्यहाँको सरकारप्रति आक्रोश पनि बढेको छ ।
केन्यालीकाअनुसार सरकारले त्यहाँ अवस्थित चर्चहरु र तिनीहरुको गतिविधीलाई सही तरिकाले नियमन नगरेकोले यस किसिमका घटनाहरु दोहोरिन सक्ने बताएका छन् ।
Discussion about this post