धनकुटाको नाम्जे र डाँडाबजार बीचमा सोमबार पहिरो गएर बाटो अवरुद्ध भएको छ ।
दुई वटा एम्बुलेन्स सहित सयौं सवारी साधन गन्तव्यमा पुग्न पाएका छैनन् । एम्बुलेन्समा सिकिस्त बिरामी राखिएका छन् । उनीहरुलाई स्वास्थ्य संस्था पुर्याउन कठिनाइ भएको छ ।
एम्बुलेन्स र अरु सवारी साधन सञ्चालकहरुले अवरुद्ध बाटो चाँडो खुलाउन माग गरिरहेका छन् ।
बाटो नखलेसम्म पर्खन असहज र जोखिमपूर्ण हुने भएकाले बिरामीलाई वैकल्पिक तवरबाट उद्धार गरी स्वास्थ्य संस्था पुर्याउन पनि स्थानीयले माग गरेका छन् ।
Discussion about this post