इटहरीबाट दुई दिदी बहिनी बेपत्ता भएका छन् । इटहरी वडा नं. ४ बस्ने १३ की उमा नेपाली र वर्ष १७ की सध्या नेपाली मङ्सिर १७ गतेदेखि बेपत्ता भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उनीहरूको आफन्तबाट बेपत्ता भएको निवेदन आएपछि प्रहरीले खोजतलास सुरु गरेको छ ।
संकास्पद बालिकाहरु कसैले कतै देखे नजिकको प्रहरी कार्यालय वा इटहरी प्रहरीलाई खबर गर्दिन इटहरी प्रहरीले आग्रह समेत गरेको छ ।
Discussion about this post