पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।
क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।
त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र मोरक्को विश्वकपमा पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको इन्जुरी समयमा वालदि चेडिराले रातोकार्ड खाएपछि मोरक्को १० खेलाडीमा सीमित बनेको थियो । रातोकार्डका बावजुद रोनाल्डोको टिमले गोल गर्न नसक्दा बिश्वकपबाट नै बाहिरिना पुग्यो ।
यता अर्को खेलमा फान्स बिजयी भयो । ह्यारी केन पेनाल्टीमा गोल गर्न चुकेपछि इंग्लयाण्ड साविक विजेता फ्रान्ससँग २-१ ले पराजित हुँदै विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको हो। आज राती भएको खेलमा इंग्लयाण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अब बायत रंगशालमा त्यसअघि भने इंग्लयाण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेका थिए ।
खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले एन्टोनी ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाउँदै जित नजिक पुर्याए ।
तर इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टिम बन्ने अभियानमा रहेको फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।
अर्जेन्टिना,क्रोएसिया,मोरक्को र फ्रान्स अन्तिम ४ मा प्रवेश गरेका छन् ।
Discussion about this post