काठमाडौँ । मानवअधिकार एलाइन्सले नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरुपयोग भएको बताएको छ ।
यस्ता आपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारबाही एलाइन्सले माग गरेको हो ।
अध्यक्ष मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका आपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुर्याउने विषय हो ।‘
Discussion about this post