पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।
उनको पक्राउ पछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
मंगलवार पक्राउ परेका पुर्व प्रधानमन्त्री इमरानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।
यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post