प्रदेश १ मा आन्तरिक तथा वैदेशिक लगानी भित्राउन प्रदेश सरकारले लगानी सम्मेलनको तयारी थालेको छ ।
प्रदेश १ मा चाँडै लगानी सम्मेलन आयोजना गर्ने गरी तयारी सुरु गरिएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ ।
प्रधिकरणका निर्देशक डा। सरोज कोइरालाले प्रदेश १ मा लगानी सम्मेलनको पूर्व तयारी विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोबाट सुरु गरिने जानकारी दिए ।
उनका अनुसार एक्स्पोमा पहिलो पटक लगानीको छुट्टै पेभिलिएन राखेर प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आबश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ।
यस्तै प्रदेश १ मा लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू,लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत कार्यव्यवस्थाहरूको विस्तृत जानकारीसमेत दिने व्यवस्था गरिएको छ ।
प्रदेश १ लगानी प्राधिकरण, एशिया फाउण्डेशन र कन्सोर्टीयमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको हो ।
Discussion about this post