यतिबेला बिश्वकपको माहोल छ । नेपालीहरु बिश्वकप विजेता को होला भन्ने विषयमा आफ्नै आफ्नै अड्कलबाजी लगाइरहेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि विश्वकप खुबै रुचाउछन् । उनी अर्जेन्टिनालाई खुलेर सर्पोट गर्छन् । यसै बिच महामन्त्री शर्माले कांग्रेस शभापति एवम प्रधानमन्त्री शेरवहादुर देउवालाई ब्राजिलसँग तुलना गरेका छन् ।
देउवाले बाटो खुल्ला गरेर अविभावकत्व ग्रहण गर्नुपर्ने कुरा खुलेर राख्दै आएका महामन्त्री शर्माले घुमौरो पारामा पुन देउवाले अब युवा नेत्रित्वलाई अवसर दिनुपर्ने कुरा दोहोर्याए । संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारी रहने उनले पटक पटक बोल्दै आएका छन् । सोही कुरालाई ५ पटकको विश्व बिजेता ब्राजिलसँग तुलना गर्दै शर्माले व्यंग्य गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसै एजेन्डा वरिपरि छलफल भइरहेको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको मन चोर्न खोजे । शर्माले सोधे, ‘सभापतिज्यू समय बदलिँदै गएको छ, हामी त गगन थापालाई संसदीय दलको नेता बनाउन लागेका छौं । तपाईंहरुको तर्फबाट कसलाई उठाउँदै हुनुहुन्छ ?’
‘कल्लाई उठाउने र ? म आफैं उठ्दैछु नि ।’, देउवाको जवाफ थियो । प्रसंग मिलाउदै शर्माले देउवालाई पुन प्रश्न गरे, ‘तपाईं फुटबल हेर्दैहुनुहुन्छ ? ब्राजिल त हार्यो नि ?’ ‘कहाँ हेर्न पाउनु यार’ देउवाले जवाफ दिए ।
‘तपाईंलाई थाहा छ ? ब्राजिल त पाँच पटकको विश्व विजेता हो नि ?’‘
ए, हो है ?’
देउवाको उक्त जवाफ पछि महामन्त्री शर्माले पुन थपे ‘तर छैटौं पटक जितेन नि । तपाईं पनि पाँच पटक (प्रधानमन्त्री) जित्नुभयो, छैटौं पटक भन्न सकिन्न नि ।’त्याहाँ उपस्थित सबै हाँसे ।
प्रशंगबस कुरा आएजस्तै यस पटक अर्का महामन्त्री गगन थापालाई संसदिय दलको नेता चयन गराउन शर्मा लागि परेका छन् ।
Discussion about this post