विराट कोहलीको शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा सर्वाधिक ६ शतक प्रहार गर्ने क्रिस गेलको कीर्तिमानीसँग बराबरी गर्दा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदरावादमाथि ८ विकेटको सानदार जित निकालेको हो।
यो जितसँगै बेंगलोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ । सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९।२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । बेंगलोरका रुपमा आएका कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । फाफ डुप्लेसीले ४७ बलमा ७१ रन जोडे ।
ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा नटआउट रहे । हैदराबादका टि नटराजन र भुवनेश्वर कुमारले समान एक विकेट लिए । हैदरावादका हेनरिक क्लासेनले शानदार शतक प्रहार गरे पनि टिमलाई जिताउन भने सकेनन् । उनले ५१ बलमा १०४ रन बनाए पनि अन्य ब्याटर सस्तैमा आउट भए । ह्यारी ब्रुक २७ रनमा नटआउट हुँदा अभिषेक शर्मा ११, राहुल त्रिपाठी १५ र एडिन मारक्रम १८ रनमा आउट भए ।
बलिङतर्फ माइकल ब्रेसवेलले २ विकेट लिए । यस्तै मोहम्मद सिराज, शाहबाज अहमद र हर्षल पटेलले समान एक–एक विकेट लिए । बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोरले आइतबार गुजरातसँग खेल्नेछ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ पाँचौं स्थानमा छ ।
Discussion about this post