झापा । बाह्रदशी ६ स्थित सुकुम्वासी बस्तीमा ३० वर्ष अघि देखि देखिएको सीमा विवाद गाउँपालिकाले मिलाएको छ । गाउँपालिकाको न्यायिक समितिले विवाद मिलाउँदै दुवै पक्षलाई न्याय दिलाएको हो । स्थानीय टंक न्योपानेले आफ्नो ऐलानी जग्गामा भीम कुमारी तामाङ लगाएका व्यक्तिले सीमा मिचेको आरोपमा विगत ३० वर्षदेखि विवाद देखिएको थियो । तर गाउँपालिकाको न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को ९२०ले दिएको अधिकार प्रयोग गर्दै विवाद समाधान गरेको न्यायिक समिति सदस्य युवराज ढकालले जानकारी दिनुभयो ।
लामो समयदेखि देखिएको विवाद नमिलेपछि तामाङ सहित १० घरले गाउँपालिकामा निवेदन दिएका थिए । निवेदन उपर गाउँपालिकाले दुवै पक्षलाई राखेर तेस्रो प्रयासमा गाउँपालिकाले विवाद समाधान गरेको हो । गाउँपालिकाले दुवै पक्षलाई मिलाउन स्थलगत रूपमा जमिन नाप जाँच गरी सम्बन्धित दुवै पक्षलाई मिलाएको हो । वाह्रदशी ५ स्थित साबिक चकचकी गाविस नजिकै नातामा सालो र भिनाजु बिचमा देखिएको विवाद समेत गाउँपालिकाले समाधान गरेको छ । माइतीले दिएको जमिनमा जहुर आलमले घर बनाएर स्थायी बसोबास गर्दै आएको अवस्थामा श्रीमतीको निधन पछि सालो फैजन आलमले घर र जमिन खाली गर्न भन्दै ताकेता दिएपछि उनीहरू बिचमा विवाद देखिएको थियो ।
लामो समयदेखि देखिएको विवाद गाउँ समाज हुँदै अन्ततः गाउँपालिका आई पुगेको थियो । गाउँपालिकाले दुवै पक्षलाई राखेर दोस्रो छलफलमा मिलापत्र गराएको हो । यो विवाद उनीहरू बिचमा १२ वर्षदेखि देखिएको थियो । तर गाउँपालिकाको न्यायिक समितिले दुई सुटिङमा विवाद समाधान गरेको गाउँपालिकाका न्यायिक समिति सदस्य गंगाराम धितालले जानकारी दिनुभयो । श्रीमतीको निधन पछि जहुरले दोस्रो विवाह गरेका थिए । उनले विवाह गरेसँगै विवाद सुरु भएको थियो ।
गाउँपालिकाको न्यायिक समितिले मिलापत्र गराएका मुद्दा मध्ये यी मुद्दा प्रतिनिधि मात्रै हुन् । यस्ता धेरै मुद्दा गाउँपालिकाको न्यायिक समितिले मिलापत्र गराएको छ । वाह्रदशी गाउँपालिका ५ मा कुखुराको मासु खाएकै निहुँमा लामो समयदेखि परिवार भित्र देखिएको बेमेललाई समेत गाउँपालिकाले समाधान गरेको छ । घर , गाउँ , टोला र वडाले समेत मिलाउन नसकेको विवाद गाउँपालिकाको न्यायिक समितिले मिलाएको हो ।
वैदेशिक रोजगारीमा कोरिया रहेका बेला प्रेममा परेका उनीहरूले नेपाल आएर विवाह गरेका थिए । तर, नव दुलही ९बुहारी०ले कुखुराको मासु खाएको निहुँमा परिवारमा देखिएको विवाद गाउँपालिकाले सुल्झाएको हो । यो विवाद स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को ९२० ले दिएको अधिकार प्रयोग गर्दै विवाद समाधान गरेको थियो ।
बुबा छोरा बिचको अंश मुद्दा पनि पालिकामा
न्यायिक समितिमा पर्ने गरेका मुद्दा मध्ये धेरै मुद्दा जग्गा विवाद, सिमाना किचलो र पारिवारिक बेमेल रहेका छन् । त्यस मध्ये वाह्रदशी ३ राधा नगरमा शिवप्रसादले आफ्नो जेठो छोरा हिरालालाई कम अंश दिएको विषमा विवाद शूर भएको थियो । सो विवाद बढ्दै गएपछि गाउँपालिकाको न्यायिक समितिसम्म आई पुगेको हो । दुई श्रीमती मध्ये कान्छी श्रीमतीका सन्तानलाई मात्रै धेरै अंश दिएको विवादलाई गाउँपालिकाले मिलाएको छ ।
छुट्न लागेको सम्बन्धलाई जोड्यो पालिकाले
श्रीमान् श्रीमतीका बेमेलका धेरै मुद्दा न्यायिक समितिमा आउने गरेका छन् । त्यस मध्ये सम्बन्ध विच्छेद हुने अवस्थामा पुगेका धेरै विवादलाई सुल्झाएर गाउँपालिकाले उनीहरू बिचमा सम्बन्ध थप सुमधुर बनाउने गरेको छ । श्रीमान् श्रीमतीबिचमा देखिएको तिक्ततालाई गहिरो अध्ययन गर्दै समस्याको जड पत्ता लगाएर त्यस्ता मुद्दा मिलाउँदै आएको न्यायिक समितिले जनाएको छ ।
चालू आर्थिक वर्षमा २८ वटा मुद्दा किनारा लागे
गाउँपालिकाको न्यायिक समितिमा परेका मुद्दा मध्ये चालू आर्थिक वर्षको १० महिनामा न्यायिक समितिले २८ वटा मुद्दाको विवाद समाधान गरेको छ । न्यायिक समितिमा परेका कुल मुद्दा ४८ वटा विभिन्न विषयका मुद्दा दर्ता भएका थिए । त्यस मध्ये मेलमिलाप केन्द्रमा ७ वटा मुद्दा पठाइएको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष शान्ता सिवाकोटी खरेलले बताउनुभयो । गाउँपालिकोमा मेलमिलाप केन्द्रमा परेका उजुरी मध्ये ११ वटा मुद्दाको छलफल हुन बाँकी रहेको संयोजक खरेलले बताउनुभयो । गाउँपालिका रहेको न्यायिक समितिमा संयोजक खरेल सहित सदस्यमा गंगाराम धिताल र युवराज ढकाल रहनु भएको छ ।
गाउँपालिकामा परेका मुद्दा मध्ये क्षेत्राधिकार बाहिरका केही मुद्दालाई मात्र अदालत जान सल्लाह दिने दिने गरेको उपाध्यक्ष खरेलले बताउनुभयो । जिल्ला अदालत झापाको टोलीले केही समय अघि गरेको अनुगमनका क्रममा न्यायिक समितिले गरेका कामको उच्च प्रशंसा गरेको थियो । मुद्दा मिलाउने तरिका, दुवै पक्षलाई बोलाएर विवाद समाधान गर्ने तरिका र अफिसियल खातापाता राख्ने तरिकाको समेत सो टोलीले तारिफ गरेको थियो । विशेष गरी गाउँपालिकामा विवाद समाधानका लागि गरिने छलफलको प्रशंसा भएको बताइएको छ ।
गाउँपालिकाको न्यायिक समितिले गाउँमा जटिल बन्दै गएका मुद्दालाई समेत सहज रूपका किनारा लगाउन तालेसँगै पालिकामा मुद्दाको चाप बढेको छ । पछिल्लो समय पालिकामा आउने मुद्दाका कारण अन्य काम गर्न भ्याई नभ्याई हुने गरेको न्यायिक समिति संयोजक खरेलले बताउनुभयो ।
Discussion about this post