विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी संसदीय दलका नेता एवं प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिचानको आन्दोलनलाई दमन गरेको आरोप लगाएका छन्।
विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै राईले सरकारले पहिचान पक्षधरको आवाज सुन्नुपर्नेमा उल्टै दमन गर्नु उचित नभएको बताए ।
यसका साथै राईले सरकारले दमन गरे पनि दमनकारी कदम लामो समय नटिक्ने उल्लेख गरे ।
आन्दोलनरत पक्षलाई सरकारले धरपकड गरेर गलत काम गरेको भन्दै राईले उनीहरुको मागप्रति सरकार र राजनीतिक दलहरु गम्भीर बन्नुपर्नेमा जोड दिए ।
Discussion about this post