फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ ४५ बजे सुरु हुनेछ ।
साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस अघिको खेलमा फ्रान्सले उपाधि दावेदार मानिएको इङ्ल्याण्डलाई पाखा लगाउदै अन्तिम ४ मा प्रवेश गरेको थियो ।
यता मोरक्कोले पनि रोनाल्डोको टिम पोर्चुगललाई अप्रत्यासित हार चखाउदै अन्तिम ४ को बाटो तया गरेको थियो । मोरक्को त्यही टिम हो जस्ले यस पटक उपाधि दावेदार मानिएका बेल्जियम,स्पेन,पोर्चुगल जस्ता देशहरुलाई घर पठाएको छ । मोरक्को सोही लयलाई निरन्तरता दिदै २०१८ को विश्व बिजेता समेत रहेको फ्रान्सलाई पाखा लगाउदै अर्जेन्टिनासँगको भेट पक्का गर्न चाहान्छ ।
यता फ्रान्स लगातार दोस्रोपटक विश्वकप जित्ने लयमा देखिएको छ । फ्रान्स र मोरक्कोबिचको खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग उपाधिका लागि भिड्ने छ भने पराजित टिमले तेस्रो स्थानका लागि क्रोएसियासँग भिड्ने छ ।
Discussion about this post