विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरेको छ ।
गर्भवती महिलासहित अन्य समस्या भएकाहरुको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए ।
कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो ।
Discussion about this post