काठमाडौं । कालीकोटको शुभकालीका गाउँपालिका ६ को गविरामा शनिबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु१च ८४९८ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा जीप चालक ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका(८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले(३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए ।
Discussion about this post