काठमाडाै। च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ ।
आइतवार बिहान इस्तानबुलको ओलम्पिक रङ्गशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
सिटीका लागि खेलको ६८औँ मिनेटमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो ।
योसँगै सिटीले एकै सिजनमा मुख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गर्ने दुलर्भ इतिहास पनि बनाएको छ ।
सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।
सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गरेको छ ।
युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।
Discussion about this post