विराटनगर । विराटनगर महानगरपालिका ११ मा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रले अब आफ्नै भवनबाट सेवा दिने भएको छ ।
२०७७ देखि वडा कार्यालयकै कोठाबाट सेवा दिंदै आएको केन्द्रको नयाँ भवन बनाइएपछि अब सेवा प्रवाहमा सहज हुने भएको छ ।
नवनिर्मित भवनको मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । बुधबार आयोजित कार्यक्रममा उनले भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले हरेक वडामा ल्याबसहितको स्वास्थ्य सेवा दिनेगरी महानगरले कार्य गरिरहेको बताइन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमा ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकहरुलाई सम्पूर्ण सेवा निःशुल्क प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
केन्द्रबाट गर्भवतीको नियमित जाँच, रक्तचाम, मधुमेह जस्ता समस्याको जाँचका साथै औषधिसमेत निःशुल्क उपलब्ध हुने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।
Discussion about this post