ताप्लेजुङ । काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको छ ।
दुई दिनदेखि जारी वर्षापछि आएको बाढीले मोटरे चलने पुल र झोलुंगेपुल भत्काएको छ । केही घर र चौपाया बगाएको प्रहरीले जनाएको छ ।
सिदिङवा गाउँपालिका १, सुरुमखिमका वडासदस्य राजकुमार इम्बुङका अनुसार सुरुमखिम(खेवाङ(याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको छ ।
काबेली नदीमा आएको बाढीले स्थानीय जगतबहादुर राईको घर पुरेको छ ।
बाढीका कारण कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा छन् ।
बाढीले स्थानीय बासिन्दाले पालेको गाई, भैंसी र केही सुँगुरसमेत बगाएको छ ।
यसैगरी काबेली हाइड्रो पावरको गोदाम बगाउँदा करोडौं रुपैयाँको क्षति भएको जनाइएको छ ।
Discussion about this post