काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहिबार र शुक्रवार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको हो ।
कार्कीलाई सर्वसम्मतले प्रधानन्यायाधीशका लागि अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरेका थिए भने भने शुक्रवार सांसदहरूको प्रश्नको सामना गरेका थिए ।
उनले आफ्नो कार्यकालमा सर्वोच्चलाई भष्टाचारमुक्त बनाउने, बिचौलिया नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा सांसदहरूले उनलाई व्यक्तिको जग्गा हडपेको, घुस खाएको, पुराना मुद्दाको बेवास्ता गरी २ महिनाअघि आएका मुद्दालाई अघि बढाएको, सर्वोच्चको भवन निर्माणमा आर्थिक चलखेल गरेको जस्ता आरोप लगाएका थिए ।
कार्कीले आफूमाथिको आरोप तथ्यहीन रहेको बताउँदै आरोप पुष्टि भएमा जुनसुकै बेला राजीनामा दिने बताए ।
Discussion about this post