विराटनगर । अविरल वर्षापछि आएको पहिरोका कारण कोशी राजमार्गको खाँदबारी–किमाथांका खण्ड अवरुद्ध भएको छ।
पहिरो झरेल उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए।
राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प छ।
सडक अवरुद्ध भएपछि उत्तरी क्षेत्र जाने सवारी साधन नचल्दा यात्रुहरुलाई समस्या परेको छ ।
Discussion about this post