विराटनगर । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानमा पक्राउ गरेको छ ।
ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार धरानको भानु चोकस्थित सब्जीमण्डीबाट राम भजनलाई पक्राउ गरिएको हो ।
भारतीय नागरिक भगत जोगबनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन सुगर भित्र्याउन सक्रिय समूहका नाइके भएको जनाइएको छ ।
‘धरानबाट विराटनगर हुँदै काठमाडौं आएका भगतलाई प्रहरीले २८ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने वित्तिकैदेखि निगरानी गर्दै पछ्याएको थियो ।
लामो समयदेखि धरानमा बस्दै आएका भगत त्यहाँ तरकारी पसल सञ्चालन गर्थे । त्यही पसलको आडमा उनले समूह बनाएर लागूऔषध ओसार्ने र बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
Discussion about this post