झापा । झापा जिल्लामा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारी सरकारको अतिरिक्त हुलाक खारेज गर्ने निर्णयविरूद्ध आन्दोलनमा उत्रिएका छन् ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन झापाको नेतृत्वमा वजेट भाषणको बुँदा नम्बर ३७४ मा उल्लेख भएको अतिरिक्त हुलाक खारेज गर्ने निर्णय सच्याउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
एसोसिएसनका झापा अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा आएको टोलीले जिल्ला हुलाक कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र पठाएको छ ।
जिल्ला प्रशासन, प्रहरी र नेपाल पत्रकार महासंघ झापालाई समेत बोधार्थ पठाइएको ज्ञापन पत्रमा वजेट भाषणको वक्तव्य नम्बर ३७४ प्रति आपत्ति जनाउँदै खारेजको माग राखिएका छ भने माग सुनुवाइ नभए हुलाक सेवा ठप्प पार्ने चेतावनी समेत दिइएको छ ।
Discussion about this post