झापा । भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनमा कमसल निर्माण सामग्री प्रयोग गरी निर्माण भएको कारण वर्षाको पानी चुहिएको भन्दै अस्पताल विकास समितिले निर्माण ठेकेदारलाई कारवाहीको माग गरेको छ ।
कन्टेक प्रालि नामक निर्माण कम्पनीमार्फत् निर्मित अस्पताल भवन हस्तान्तरण प्रक्रिया रोकेर कमसल सामग्री हटाई स्तरीय सामग्री प्रयोग गरी भवन पुनर्निर्माण भएपछि मात्र सेवा प्रवाह गर्न सकिने अस्पताल विकास समितिले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ वरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अस्पतालका झ्याल ठोकामा प्रयोग भएका सामग्री कमसल रहेको, शौचालयमा निकै समस्या देखिएको, छानामा प्रयोग भएको फाइवर कमसल रहेको, अस्पताल भवनका तीनवटा सेक्सनको छानाबाट पानी चुहेकोले प्राविधिक त्रुटी गराउने प्राविधिक र निर्माण कम्पनीलाई छानविन गरी कारवाही गर्न माग समेत गरिएको छ ।
Discussion about this post