झापा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले झापाको दमक–८ मा रहेको जीवन विकास लघुवित्तको शाखा कार्यालयमा तालाबन्दी गरेको छ ।
युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सीको नेतृत्वमा कालो ब्यानरसहित गएको टोलीले त्यहाँ काकर्मचारीलाई बाहिर निकाल्दै आइतबार तालाबन्दी गरेको हो । संस्थाको बोर्ड तोडफोड र आगजनी गरिएको थियो ।
यसअघि जीवन विकास संस्थाले स्थानीय स्तरमा ऋणीहरुलाई धम्क्याएको, चरम शोषण गरेको, चर्को ब्याज असुलेको भन्दै पीडितहरुले नेकपालाई गुहारेको र पटकपटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकिएकोले तालाबन्दी गरिएको इन्चार्ज पुकार सीले बताए ।
उक्त संस्थाले कयौं महिलाहरुलाई आत्महत्या गर्ने स्थितिमा पु¥याएको, समाजमा गुण्डागर्दी शैलीमा आतंक सिर्जना गरेको भन्दै नसच्चिए ‘थप कारबाही’ गरिने युवा संगठनले चेतावनी दिएको छ ।
यसअघि नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याजीको आरोपमा बिर्तामोडस्थित बुधबारे हटियाका नबराज विमलीको घर कब्जामा लिएको जनाएको थियो ।
Discussion about this post