विराटनगर। विषालु च्याउ खाँदा पाँचथरमा नौजना बिरामी परेका छन् । जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाका बासिन्दा विषालु च्याउका कारण बिरामी परेका हुन् ।
कुम्मायक गाउँपालिका–१ मा जंगलबाट ल्याएको च्याउ खाँदा चारजना बिरामी परेको प्रहरीले जनाएको छ ।
स्थानीय लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन् ।
उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फिदिम नगरपालिका–११ लक्सीबोटेमा पनि त्यस्तै च्याउ खाँदा एउटै घरका पाँचजना बिरामी परेका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post