विराटनगर । विराटनगर महानगरपालिका–४ चाँदनी चोकस्थित श्री गोकुलम ज्वेलर्समा मंगलबार साँझ तोडफोड भएको छ । तोडफोडबाट ज्वलेर्समा क्षति पुगेको छ ।
प्रहरीका अनुसार विराटनगर–५ का ४५ वर्षीय महावीर यादवले ज्वलेर्समा तोडफोड गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका मादक पदार्थ सेवन गरी ढोका तोड्दै ज्वेलर्सभित्र छिरेर यादवले तोडफोड गर्दै ढोका र काउन्टरका शिशा तथा सुनचाँदी राखेका र्याकमा क्षति पु¥याएका छन् ।
यादवले ज्वलेर्सका सञ्चालक सरलराज पोखरेलमाथि आक्रमण पनि गरेको प्रहरीले जनाएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
ज्वलेर्स सञ्चालक पोखरेलले आफू काउन्टरमा बसेर बिल बनाइरहेका बेला शिशाको ढोका तोड्दै एक्कासि भित्र पसेर यादवले आक्रमण गरेको बताए । आफूलाई शिशाले प्रहार गरेको र चोटपटक लागेको उनले बताए ।
तोडफोडबाट ३ लाख बढीको क्षति भएको पोखरेलको भनाइ छ । ग्यास पनि बिक्री गर्ने पोखरेल ग्यास बिक्रेता महासंघ कोसी प्रदेशका अध्यक्षसमेत हुन् ।
प्रहरीका अनुसार यादव ज्वेलर्सका पूर्वकामदार हुन् । पोखरेल र यादवबीच पुरानै रिसाईबी थियो कि एक्कासि घटना भएको हो भनेर अनुसन्धानपछि मात्रै यकिन हुने डीएसपी दाहालले बताए । यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
Discussion about this post