विराटनगर । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीले पञ्चेबाजासहित धान रोपाइँ गरेका छन् ।
झोराहाट नाट्य समूहको संयोजनमा विद्यालयका कक्षा १ र कक्षा १० का विद्यार्थीहरुले रोपाइँ गरेका हुन् ।
विद्यालयका प्राचार्य, सहप्राचार्यसहित खेतमा पुगेका विद्यार्थीहरुले हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गरेका थिए ।
करिब तीन सय विद्यार्थीले धान दिवसको अवसरमा रोपाई गरी दही च्यूरा खाएर फर्किएका थिए ।
नेपाल कृषिप्रधान देश भएपनि शहरमा बस्ने पछिल्लो पुस्ताले कृषि पेशाका बिषयमा जानुन भन्ने उद्देश्यले रोपाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताए ।
उनले कृषकहरुको सम्मानका निम्ति हरेक नागरिकले कृषि पेशालाई बुझ्न आवश्यक रहेको तर्क गर्दै व्यवहारिक ज्ञान दिलाउन रोपाइँ गरिएको बताए ।
झोराहाट नाट्य समूहका सञ्चालक तथा नाट्यकार भरत गुरागाई बरबरिकले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एभरेष्ट स्कुलले व्यावहारिक शिक्षामा दिएको जोडको प्रशंसा गरेका थिए ।
Discussion about this post