विराटनगर । नेपाल तेक्वान्दो संघ मोरङ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार विराटनगरमा आर्थिक वर्ष २०७९–८० को आर्थिक र संगठनको प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले मार्सल आर्ट खेलको क्षेत्रमा तेक्वान्दोले एउटा छुट्टै प्रभाव जमाउँदै अन्तराष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको बताए । खेलकुद नै एउटा यस्तो माध्यम हो जसले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान दिन सकेको छ ।
एउटा असल समाज निर्माण गर्न पनि खेलकुदको महत्वपूर्ण योगदान हुने भएकाले हाम्रो पार्टीले जहिले पनि खेल र खेल क्षेत्रलाई माया गर्दै आएको कोषाध्यक्ष गुप्ताले बताए ।
उनले पार्टीले खेल क्षेत्रको विकासका लागि एउटा छुट्टै संस्था बनाएको र त्यसमार्फत खेलाडीका साथै खेल स्तरको वृद्धिका लागि विभिन्न योजना अघि बढाएको बतताए ।
संघका जिल्ला अध्यक्ष दिवस नेपालले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागिता जनाउँदै सबैभन्दा बढी पदक जित्ने खेल नै तेक्वान्दो रहेको उल्लेख गरे । उनले राष्ट्रका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने खेल तेक्वान्दोलाई सरकारले जहिले पनि बेवास्ता गर्दै आएको गुनासो गरे ।
नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका उपाध्यक्ष ईश्वरविक्रम शाह, नेपाली काँग्रेस मोरङ जिल्ला खेलकुद विभागका सदस्य अनुज बानियाँ, अन्तिर्राष्ट्रिय निर्णायक नारायण बुढाथोकीलगायतले शुभकामना दिएका थिए ।
Discussion about this post