इटहरी । मिलन सेवा समाज, इटहरीले नगर क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।
मिलनचोकदेखि मुक्तिघाटसम्म गरिएको सरसफाई कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, उद्योग वाणिज्य संघ इटहरीकी उपाध्यक्ष सबिना शोभा कोइराला, वडा ४ का जनप्रतिनिधि लक्ष्मी शर्मा चापागाईं, अमृत बस्नेत, मुक्तिधाम टोल विकास संस्थाका निवर्तमान अध्यक्ष बिष्णुप्रसाद पौडेल लगायत वर्तमान सचिव, कोषाध्यक्ष सदस्यहरू, एकता टोल विकास संस्थाका अध्यक्ष ज्ञानप्रसाद पौडेल, जुट विकास टोल विकास संस्थाका प्रतिनिधि तेजबहादुर निरौला, ऋतुराज खनाल तथा यस समाजका उपाध्यक्ष महेश पौडेल लगायतको सहभागिता थियो ।
समाजका सभापति खेमराज घिमिरेले कार्यक्रमका सहभागिता सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
आगामी दिनमा पनि सरसफाइ र अरु सामाजिक काममा संस्थाले अगुवाई गर्ने उनले बताए ।
Discussion about this post