काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बुधबार केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक हिजो मंगलबारदेखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए ।
ती प्रतिवेदनहरुमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका हुन् ।
यसैबीच, केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा व्यापक गतिशीलताको खाँचो रहेको औंल्याएका छन् ।
आफ्नो धारणासहितको प्रतिवेदन बैठकमा पेस गर्दै उनले देशलाई सही मार्गमा लैजाने जिम्मेवारी पार्टीको काँधमा रहेको उल्लेख गरेका छन् ।
दक्षिण एसियाकै स्थापित पार्टीमध्येको एक प्रमुख लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा बढ्नुपर्ने आवश्यकता देखिएको जनाएका छन्।
पार्टीमा पुनर्जागरण जरुरी रहेको भन्दै उनले विभिन्न सुझावहरु दिएका छन् ।
कांग्रेसले तत्कालै सुधार गर्नुपर्ने क्षेत्रहरु भन्दै महरले राजनीतिक दल र नेतालाई जनतासँग जोड्ने कार्य पहिलो प्राथमिकतामा हुनुपर्नेमा जोड दिएका छन्।
यसैगरी अहिलेसम्म ‘मास बेस्ड’ नीति भनिए पनि कार्यकर्ताको घेराभन्दा बाहिर जान नसकेको औंल्याएका छन् ।
नयाँ पुस्तालाई पार्टी प्रवेशमा सहजीकरण गर्ने नीति र विधि तयार गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
यसैगरी नेपाली कांग्रेसले सबैभन्दा पहिलो आफूलाई प्रशासनिक रुपमा चुस्त र दुरुस्त बनाउन आवश्यक रहेको जनाएका छन् ।
पार्टीले लोकतन्त्रलाई जीवनसँग जोड्न आवश्यक रहेको भन्दै उनले यो काम हाल हुन नसकिरहेको र अब तत्कालै यसका लागि नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार उनले प्रस्तुत गरेका सुधारका कुराहरु यस्ता छन्–
Discussion about this post