विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मा पोखरीमा डुबेको अवस्थामा बालिकाको शव भेटिएको छ ।
सुन्दरहरैँचा–२ की ७ वर्षीया पेनिसा चौधरीको शव घरनजिक रहेको पोखरीमा बुधबार राति ८ः३० बजेतिर फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले आफ्नै घरको पछाडि रहेको पोखरीमा डुबेको अवस्थामा उनलाई मृत फेला पारिएको जानकारी दिए । धान रोप्न खेतमा गएका अभिभावक फर्किएर आउँदा पेनिसा घरमा थिइनन् ।
खोजी गर्ने क्रममा घर पछाडिको पोखरीमा डुबेको अवस्थामा उनी मृत फेला परेकी हुन् ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाइएको छ । घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको डीएसपी दाहालले बताए ।
Discussion about this post