काठमाडौँ । करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् ।
सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए ।
भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ ।
भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको थियो ।
क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौँ आएको अवैध सुन भन्सार कार्यालयबाट बाहिर आएपछि विभागको टोलीले नियन्त्रणमा लिएको थियो । यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ परेका छन् ।
Discussion about this post