काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुनकाण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।
बुटवलमा आइतबार आयोजित कार्यक्रममा उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर क्विन्टल सुन काण्डमा सरकार उम्कन नपाउने दाबी गरे ।
सरकारको उपस्थिति भन्सार र विमानस्थलमै राम्रोसँग हुन नसके कहाँ हुन्छ भन्दै उनले सुन तस्करीमा संलग्न सबैको खुलासा हुनुपर्ने माग गरे ।
उनले सुनकाण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन अवरोध गर्ने शैली फेर्न आग्रह गरे ।
नेता पौडेलले कांग्रेसलाई क्रियाशील बनाउन र छवि सुधार्न अध्यक्षसहित पदाधिकारीको अनिवार्य प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको उल्लेख गरे ।
Discussion about this post