विराटनगर । मोरङको जदहा गाउँपालिका ५ रामचौकस्थित लोहन्द्रा खोलानजिक एकजना पुरुष मृत फेला परेका छन् ।
उक्त खोलाको पुलभन्दा करिब २० मिटर पूर्व मोरङको धनपालथान गाउँपालिका ६ सहनीटोलका ५० वर्षीय तिर्थानन्द मण्डल (कामत) मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले खबर गरेपछि पुगेको कर्सिया प्रहरी चौकीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।
त्यसपछि इलाका प्रहरी रंगेलीके टोली पुगवेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post