काठमाडौं । रुसमा एक व्यक्तिले एक महिलालाई अपहरण गरी १४ वर्षसम्म आफ्नो घरमा यौन दासी बनाएर राखेको खुलेको छ । ती व्यक्तिले महिलालाई त्यस अवधिमा कम्तीमा एक हजार पटक बलात्कार गरेको आरोप लागेको छ ।
उनले पीडितलाई शारीरिक र मानसिक यातना पनि दिएको जनाइएको छ । यो घटना पश्चिमी रुसको चेल्याबिन्स्कको हो । मानसिक रोगी रहेको ती व्यक्तिलाई अहिले अस्पतालमा भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
‘आउटलेट’को रिपोर्टमा पुरुषको कोठरीबाट भागेकी महिलाले १४ वर्षको यातनाको कथा सुनाएकी छन् । महिलाले यो घटना सन् २००९ मा रुसमा एक पागलले अपहरण गरेपछि सुरु भएको दाबी गरिन् ।
अहिले महिला ३३ वर्षकी छन् । अपहरणकर्ता भ्लादिमिर चेस्कीडोभलाई अर्की एक महिलाको हत्या गरेको पनि आरोप छ। उनीविरुद्ध हत्या, जबरजस्ती करणी र अपहरणका मुद्दा दर्ता छन् ।
ती महिलालाई भाग्न मद्दत गर्ने अभियुक्तकी आमा थिइन्। चेस्कीडोभले ओक्साना नामकी अर्की महिलालाई कोठरीमा मारेर टुक्रा टुक्रा गरेको महिलाले दाबी गरेकी छन् ।
अन्वेषकहरूले कालकोठरीमा मानव शरीरका भागहरू पनि फेला पारेका छन्। स्थानीय रिपोर्टका अनुसार आरोपी चेस्कीडोभकी आमा भ्यालेन्टिना सोही घरमा बस्थे। यी अपहरणका बारेमा उनलाई थाहा भएको बताइएको छ ।
चक्कु प्रहार गरी घरको काम गर्न सुत्ने कोठाबाट बाहिर निस्कन नदिएको पीडित महिलाले प्रहरीलाई बताइन् । उनले आफ्नो प्रतिवेदनमा सानातिना कुरामा बारम्बार दुर्व्यवहार गरेको पनि दाबी गरेका छन् ।
रसिया टुडेले अनुसन्धान अधिकारीहरूलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा चेस्कीडोभले १९ वर्षीया एकटेरिनासँग सन् २००९ मा भेट गरेको बताएको छ ।
रिपोर्टका अनुसार उनले रक्सी खान घरमा निम्तो दिए । हातखुट्टा बाँधेर कोठामा थुनिदिए । अभियुक्तले पीडितलाई घरको काम गर्न लगाउन थाले ।
महिलालाई राखिएको कोठामा ल्यापटप, अश्लिल फिल्म सहितको डिस्कका साथै यातना दिने क्रममा प्रयोग गरिने सेक्स खेलौना फेला परेको थियो ।
Discussion about this post