इटहरी । ट्राफिक नियमको पालनामा ध्यानाकर्षण गराउन इटहरी लेडी जेसिजले ट्राफिक क्वीज कार्यक्रम आयोजना गरेको छ । पैदलयात्री तथा चालकहरुलाई ट्राफिक नियम सम्बन्धित प्रश्नहरु समावेश गरेर ट्राफिक क्वीज सञ्चालन गरिएको हो ।
इटहरी लेडी जेसिजकी अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी सहायक निरीक्षक सुभाष खड्का, इटहरी उपमहानगरपालिका ६ का कार्यवाहक वडाध्यक्ष दिनेश प्रधान लगायतको सहभागिता थियो ।
इटहरी लेडी जेसिजले समय समयमा विभिन्न किसिमको कार्यक्रम आयोजना गर्ने भएपनि ट्राफिक नियम पालनाका लागि पैदलयात्री र चालकहरुलाई अझ सचेत बनाउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भट्टराईले बताए ।
क्वीजमा सहभागी भइ सही जवाफ दिनेहरुलाई कस्मेटिक सामग्री प्रधान गरिएको थियो । पुष्पा अधिकारी लुइँटेलको संयोजकत्वमा भएको ट्राफिक क्वीज कार्यक्रममा इटहरी लेडी जेसिजका पूर्व अध्यक्षहरु जानुका भट्टराई, मिनु न्यौपाने, अम्बिका श्रेष्ठको पनि सहभागिता थियो ।
Discussion about this post